इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागी उम्मेदवारका समर्थक र प्रस्तावक लाई कारबाही हुन्छ : डा. शेखर कोइराला

सुनसरी / नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही गर्ने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेदवारसँग अन्तरक्रियामा उनले भने ‘नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख छ बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,’ उनले भने, ‘जो ती उमेदवारको पछि लाग्छ उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ।’ सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उमेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने उनले बताए । नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उमेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस्, अब हामीले रुख चिह्नलाई विजयी गराउनतर्फ लाग्ने हो।’ पार्टीभित्र आन्तरिक रुपमा आफ्नो विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताउँदै उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने र पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क