इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाजुरामा ५.२ म्याग्नेच्युडको कम्पन महसुस

बाजुरा | बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगमा शनिबार बिहान मध्यम तीव्रताको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको झट्का महसुस हुनासाथ जिल्ला सदरमुकाम मार्तडीका स्थानीयबासी घरबाहिर निस्किएका थिए। आकस्मिक भूकम्पको कारण होहल्ला मच्चिएको र स्थानीयमा त्रास फैलिएको थियो। पुनः भूकम्प आउन सक्ने आशंकाले स्थानीयबासी अझै त्रसित अवस्थामा रहेका छन्। भूकम्पबाट के कति क्षति भएको छ भन्ने विवरण भने हालसम्म यकिन हुन सकेको छैन।

स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनका अनुसार क्षतिको विवरण संकलन कार्य जारी रहेको छ।

सम्बन्धित समाचार

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ११ वटा…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारलाई 'मातहतको निकाय' जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला अस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता