इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाढीपहिरोबाट १५ ले गुमाए ज्यान

काठमाडौं । विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् । एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १ सय ५ घटना भएको गृहले जनाएको छ । मन्त्रालयका अनुसार भारी वर्षाका कारण १ पुरुष र दुई महिलाले ज्यान गुमाएका छन् । ३३ घरपरिवारमा क्षति पु-याएको छ । मुलुकभर ३४ विपद्को घटना भएका छन् । पहिरोका कारण ५ पुरुष र ४ महिला गरी ९ जनाले ज्यान गुमाएका छन् । ६८ परिवार प्रभावित भएको छ । पहिरोको घटना ५७ वटा भएका छन् । मनसुन सुरु भएपछि बाढीका कारण दुई पुरुष र एक महिला गरी तीन जनाले ज्यान गुमाएका छन् । बाढीका कारण १३ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १४ वटा बाढीका घटना भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ । कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, रूपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्युठान, पाल्पा र रौतहटमा भारी वर्षा भएको छ । आज शुक्रबार प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ । शनिबार मधेस र गण्डकी प्रदेशमा भारी वर्षा सम्भावना भएकाले सचेत हुन आह्वान गरिएको छ । ‘देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान वहाबको जोखिम रहेको साथै नदीनाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । राजधानी राष्ट्रिय दैनिक  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क