इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाढीले बगाएको २८ दिनमै बन्यो नयाँ पुल

इटहरी: गत असार ३ गते अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आज (आइतबार) देखि पूर्णरुपमा सञ्चालनमा आएको छ। बाढीले मेची राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध विच्छेद भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको जिल्ला प्रशासनको कार्यालय ताप्लेजुङले जनाएको छ । पुल बगाएर यातायातका साधनहरू बिच बाटोमै अलपत्र पर्नुका साथै जिल्लामा अति आवश्यक सामग्री सहित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनमा समेत कठिनाइ भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस विषयमा चासो देखाएको थियो । मन्त्रालयले तत्काल पुल निर्माण गरी यातायात सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन गरेपछि बाढीले बगाएको २८ दिनपछि नयाँ पुल बनेको हो । मन्त्रालयले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको हो । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। बनाएको डाइभर्सन पनि दुई पटक बाढीले बगाएको थियो। हेवाखाेलामा पुल बनेसङै अहिले यातायातका साधनहरू निर्बाध सञ्चालन हुन थालेका छन् भने सो क्षेत्रमा छिटपुट मात्रामा वर्षा भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क