इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाढी पहिरोले देशभर १८१ को मृत्यु, २२९ घाइते, ५० बेपत्ता

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि नेपालका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ।

प्रदेशगत रूपमा हेर्दा, गण्डकी प्रदेशमा सबैभन्दा बढी ५५ जनाको मृत्यु भएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ३५, बागमती प्रदेशमा ३२, कोशी प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ११, कर्णाली प्रदेशमा १०, मधेश प्रदेशमा ८ र काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ।

यसै गरी, विपद्‍का कारण कुल २ सय २९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालहरूमा लगिएको छ।

उद्धार कार्यमा तीव्रता दिइएको छ। हालसम्म ११३ जनाको उद्धार गरिएको छ भने ५० जना अझै वेपत्ता रहेका छन्। वेपत्ताहरूको खोजी कार्य जारी छ।

बाढी र पहिरोले ठूलो भौतिक क्षति पनि पुर्‍याएको छ। ३८४ घर डुबानमा परेका छन् भने ३ सय १० घर, १०७ गोठ, ४९ पुल, ४ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ८ सय ३० पशुचौपायाको मृत्यु भएको छ।

यस विपद्‍का कारण ४ हजार ६ सय ८९ घरपरिवार विस्थापित भएका छन्। सरकारी निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना कार्य तीव्र पारेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क