इन्फो नेपाल — सञ्चारको सञ्जाल

बानेश्वरमा आत्मदाह गर्न खोज्ने युवाको असफलता कथा

काठमाडौँ । मंगलबार अपराह्न संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने युवाले असफलताका कारण आत्मदाहको गर्न खोजेको तथ्य खुलेको छ । इलामको सुर्योदय नगरपालिका ११ स्थित फिक्कलका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सबैतिरबाट आफू लुटिएको कारण आत्मदाहको बाटो रोजेको बताएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लुट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आत्मदाहको बाटो रोज्न लागेको बताएका छन् । आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका प्रेमको यतिबेला वर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आफूलाई सबैतिरबाट लुटिएको र सम्पत्ति सकिएको भन्दै क-कसको कारण आफू बर्वाद भएँ भनेर उल्लेख गरेका छन् । आचार्यको फेसबुक स्टाटसमा नेपालमा नाम चलेका व्यापारिक घरनाहरुको नाम उल्लेख छ । त्यसैगरी ग्रामिण क्षेत्रमै कृषि उद्योग खोलेपनि कषि अनुदान पाउन नसकिएको तर त्यहीँका वडाध्यक्ष र राजनीतिक कार्यकर्ताले मात्रै अनुदान पाएको गुनासो पनि उनले गरेका छन् । उनले स्टाटसमा ‘यो देश, यहाँका व्यापारीहरु सबै लुटेरा रहेको’ भन्दै सकेजति लुट्न भनेका छन् । ठूला व्यापारिक घराना र व्यापारीकै नाम लिँदै उनले गरिब र किसानको आँसुमा कसरी ठूलाको मनलाग्दी भइरहेको भन्नेबारे फेहरिस्त पनि प्रस्तुत गरेका छन् । काठमाडौंमै भएको घर, पुर्खौली घर सबै बेचिसकेको र अझै पनि ६० लाखभन्दा बढी ऋण रहेको कुरा आचार्यले फेसबुकमा लेखेका छन् । श्रीमतीले पनि आत्महत्याको प्रयास गर्न थालेको कारण पहिले आँफै संसारबाट विदा हुन लागेको भन्दै त्यसलाई उनले ‘क्रन्ति’ भनेका छन् । श्रीमतीको ज्यान बचाइदिने कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क