इन्फो नेपाल — सञ्चारको सञ्जाल

बारामा ४ वटा मतपेटिकाको सिल टुटेको भेटियो!

बारा : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बारामा चारवटा मतपेटिकाको सिल टुटेको भेटिएको दावी गरेका छन्। राउतले बारा -२ मा सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिकाको सिल तोडिएको अवस्थामा भेटिएकाले मतगणनास्थलको लाइभ हुनुपर्ने माग गरेका छन्। उनले बारा -२ मा जनता समाजवादी पार्टी धाँधली गरेर निर्वाचन जित्ने रणनीतिमा रहेको आरोप लगाएका छन्। उनले जसपाले हार्न लागेपछि उत्पाद र दंगा मच्चाए निर्वाचन विथोल्ने कोशिस गरेको समेत आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्: 'बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी -२ मा हामीले भोगिसकेका छौं,हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए। प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा का ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।' बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका पुरुषोत्तम पौडेल,रास्वपाका रमेश खरेल,आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क