इन्फो नेपाल — सञ्चारको सञ्जाल

बार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

ज्योतिषको दृष्टिकोणले मिथुन र कर्कट राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ? मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ । यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नसक्छ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ । सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ । शत्रु पनि हावी हुनसक्छन् । यो वर्ष पठनपाठनमा सफलता मिल्ने देखिन्छ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ । यो वर्ष वैदेशिक व्यापार व्यवसाय घट्ने र आर्थिक क्षति हुनसक्छ अत: कटाई लगानी गर्नु पूर्व विचार निकै पुर्याउनु पर्छ । कडा मिहिनेत गरे पद र प्रतिष्ठा भने पाइने र प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर, जग्गाजमिन र दलाली पेशामा आवद्ध व्यक्तिहरूको बढी लाभ हुनेछ । वर्ष वायुविकार, हड्डी र नशाको समस्या बढ्न सक्छ, अत: आहार विहार र स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ । शुभ रङ्ग हरियो, रातो, गुलाबी र सेतो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ६ र ९ शुभ अङ्क हो ।ग्रह पीडाबाट बच्न नवग्रहको शान्ति गर्दा राम्रो हुनेछ । भगवान शिवजी र भैरवजीको दर्शन, पूजा, आरधना, पाठ र जप गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अत: बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । धनार्जनका स्रोत बढेर जानेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वर्षको उत्तरार्धमा दलाली र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ । यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । यो वर्ष कर्कट राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । डिजाइन, भाषा, प्राविधिक तथा व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई पनि राम्रै हुनेछ । यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । राहु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला । प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । शुभ रङ्ग सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ६ र ७ शुभ अङ्क हो । ग्रह पीडा कमगर्न बृहस्पति, शनि, राहु र केतु सहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी