इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालवालिकालाई न्यानो कपडा तथा खाद्य सामग्री वितरण

भोजपुर / करुणा फाउण्डेसनले भोजपुरका दुई विद्यालयका बालबालिकाहरुलाई स्वेटर तथा खाद्य सामग्री वितरण गरेको छ । ३२ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा भोजपुर बहिरा आवासिय आधारभुत विद्यालयका २२ जना बालबालिकाहरुलाई स्वेटर र यशोधरा माध्यमिक विद्यालयका ११ जना बौद्धिक अपङगता भएका विद्यार्थीलाई दाल, चामल, तेल, अण्डा लगाएतका खाद्य सामग्री तथा तीन थान बलाङकेट वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, स्वस्थ्य कार्यालय लगाएत २० सरकारी कार्यालयमा अपङगता भएका व्यक्तिहरुलाई प्रयोग गरिने मर्यादित भाषाको पोष्टर समेत वितरण गरिएको करुणा फाउण्डेसन भोजपुरका प्रमुख निश्चल घिमिरेले बताए । यसले बालबालिकाको शैक्षिक सुधारमा केही सहयोग पुग्ने प्रमुख घिमिरेको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खड्काले करुणा फाउण्डेसनको अगुवाईमा भएको काम प्रशंसायोग्य रहेको बताईन । जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्काद्धारा यशोधरा माध्यामिक विद्यालयका प्रधानध्यापक ध्रुवराज रेग्मी र भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका प्रधानध्यापक सरिता तामाङको उपस्थितिमा सामग्री हस्तानतरण गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क