इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालविवाह: स्थानीय तह नै मौन !

मकवानपुर: ‘बिहेवारि बीस वर्षपारि’ भन्ने गरिए पनि व्यवहारमा भने यसले पूर्णता पाएको र कार्यान्वयन हुन सकेको देखिएको छैन । विवाहमात्र होइन, किशोरी अवस्थामै आमा बन्ने संख्या बढेको घटना अस्पतालले सार्वजनिक गरिरहँदा प्रहरी कार्यालयमा मुद्धा भने पुगेको देखिदैन । जनचेतनाको कमीसँगै नियमनमा पनि बेवास्तामा देखिन्छन् स्थानीय सरकार । वागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वागमती प्रदेशमा बालविवाहसम्बन्धि मात्र १ मुद्धा दर्ता भएको थियो । जबकि, अस्पतालको तथ्यांकले गत वर्षमा ५ सय २० किशोरी आमा बनेको देखिएको छ । बालविवाह रोक्न नसक्नु नै यसको प्रमुख कारण हो । देशभर नै हेर्नुपर्दा गत वर्ष बालविवाहसम्बन्धि ५२ मुद्धा प्रहरीमा छन् । वागमती प्रदेश प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितवनबाट बालविवाहसम्बन्धित एक मुद्धा दर्ता भएको छ भने अन्य जिल्लाबाट मुद्धै परेनन् । गत वर्ष भने सिन्धुलीबाट एक मुद्धा परेको थियो । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सबभन्दा धेरै लुम्बिनी प्रदेशबाट १२ बालविवाह सम्बन्धित मुद्धा दर्ता भएका छन् भने सुदूरपश्चिममा त मुद्धै परेन । कोशी प्रदेशबाट ३, मधेश प्रदेशबाट २, गण्डकी प्रदेशबाट १ र कर्णालीबाट १ बालविवाहसम्बन्धि मुद्धा परेका छन् । मंसिरसम्मको वागमतीका १० जिल्लाको तथ्यांक हेर्दा प्रहरीले ४३ बालविवाह सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेकोमा ३ हजार १ सय ९३ जना लाभान्वित भएका छन् । तर, स्थानीय तहले बालविवाह सम्बन्धित समुदाय तहमा जनचेतना कार्यक्रम पनि गरेको खासै पाइँदैन । युनिसेफका अनुसार नेपाल बालविवाह धेरै हुने मुलुकमध्ये विश्वकै शीर्ष स्थानमा छ । युनिसेफको विश्लेषणले नेपालमा २० देखि २४ वर्षका १० पुरुषमध्ये एकले बाल्यावस्थामै विवाह गरेको पाइन्छ । पछिल्लो समय प्रत्येक पालिका बालमैत्रीसूचक पूरा गर्न कसाकसमा छन् । बालमैत्री सूचकमध्ये एक बालविवाहको घटनाले पालिकालाई ठूलै समस्या बनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क