इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा, १८ बालबालिकाको उद्दार

मकवानपुर: मकवानपुरमा बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा परेका छन् । श्रम तथा रोजगार कार्यालय हेटौँडाले गत आर्थिक बर्ष २०७९/८० को अवधिमा बालश्रम गराउने पुर्व प्रहरी निर्मल थापा सहित ११ जनालाई कारबाही गरिएको जनाएको छ । निर्मल थापाले बालश्रम गराएको कसुरमा कार्यालयलाई ५ हजार जरिवाना र बालिकालाई ६ महिनाको पारिश्रमिक बापत ९० हजार बुझाएको कार्यालयले जनाएको छ । श्रम तथा रोजगार कार्यालय हेटौँडाले बालश्रम गराउने अर्जुन नगरकोटीको ट्याक्टरबाट ७, '७८६ वर्कसप'बाट एक, समिर अटो वर्कसपबाट एक, रुस्तम ब्याट्री वर्कसपबाट एक, होटल सैलुङबाट एक, कुटानीपिसानी मिलबाट एक, होटल डाफेबाट एक, महोमद स्किम चिया पसल बाट २ गरि १५ बालकको उद्दार गरेको छ । त्यस्तै होटल गण्डकीबाट एक बालिका, होटल धादिङबाट १ बालिका, र पुर्व प्रहरी निर्मल थापाको घरबाट एक गरी जम्मा ३ जना बालिकाको उद्दार गरिएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका सुचना अधिकारी भिम प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बालश्रम गराउने ११ जनालाई बालबालिकाको अवस्था हेरी जरिवाना र पारिश्रमिक तोकिएको र उक्त कारबाहीबाट कार्यालयले ४४ हजार रूपयाँको राजस्व संकलन गरेको छ । हेटौँडा उपमहानगरपालिका, सिभिल नेपाल र श्रम तथा रोजगार कार्यालय हेटौँडाको समन्वयमा बालबालिका उद्दार कार्य थप प्रभावकारी भैरहेको समेत उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क