इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेनलाई उपमेयर सुनिताको चुनौती : ‘कोठामा बसेर होइन, यहाँ आएर समाधान खोज्नुस्’

काठमाडौं | काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि कार्यालय पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार गुरागाईंलाई पुनः हाजिर गराउन पहल भएको थियो।

गुरागाईं कार्यालय पुगेकै दिन मेयर बालेन साह र उपमेयर सुनिता डंगोलबीच चर्काचर्की परेको छ। मेयर साहको निर्देशनमा नगर प्रहरी परिचालित भएर गुरागाईंलाई रोक्ने प्रयास गरिए पनि उनी कार्यकक्ष प्रवेश गर्न सफल भए। तर, मेयर साहले कार्यकक्षमा ताला लगाएको कारण उनी बैठक हलमा बस्न बाध्य भए।

अनौपचारिक बैठकमा उपमेयर डंगोलले मेयर साहको आलोचना गर्दै भनिन्, "कसैको व्यक्तिगत मनमुटावले जनताको सेवा प्रभावित हुन हुँदैन। कोठामा बसेर आदेश दिनु राम्रो होइन, आउनुस्, मिलेर समस्या समाधान गरौं।"

उनले प्रशासनिक प्रमुखलाई रोक्नु अन्यायपूर्ण भएको बताउँदै, महानगरको नियमित सेवा अवरुद्ध हुनु निन्दनीय भएको उल्लेख गरिन्। "तीन महिनादेखि तलब नपाएका कर्मचारीहरू, सेवा नपाएका महानगरवासी, क्यान्सर पीडितका लागि राहत रोकिनु गम्भीर विषय हो। यदि कुनै छानबिन गर्नुपर्छ भने, त्यसको उचित प्रक्रिया अपनाउनुपर्छ।"

गुरागाईं कार्यालय प्रवेश गर्दा कर्मचारी र वडाध्यक्षहरू उनी पक्षमा उभिए। उनीहरूले मेयर साहको निर्णयको विरोध गर्दै "प्रशासकीय प्रमुखलाई हाजिर गराउन दिनुपर्छ" भन्ने नाराबाजी गरे।

महानगर प्रवक्ता नवीन मानन्धर र केही वडाध्यक्षहरूले पनि मेयर साहको शैलीको आलोचना गरे। नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयरको मौखिक आदेशअनुसार कार्यकक्षमा ताला लगाएको खुलासा गरे।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएका छन्। विभिन्न सेवा–सुविधाहरू अवरुद्ध छन्, जसले लाखौं महानगरवासीलाई समस्या पुर्‍याइरहेको छ।

उपमेयर डंगोलले मेयर साहलाई अविलम्ब छलफलमा आउन आग्रह गर्दै भनिन्, "आजकै लागि यो समस्या समाधान गर्नुपर्छ, त्यसपछि मात्र बोर्ड बैठक बस्न सकिन्छ।"

यता, मेयर साहले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क