इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेनलाई पहिलो गाँसमै ढुङ्गा, चुनाव जित्न भन्दा काम गर्न कठिन

काठमाडौं, २० जेठ । बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर देशभित्र तरङ्ग नै ल्याए । स्वतन्त्र उम्मेदवार बालेनले देशका मुख्य दल नेपाली काँग्रेस र नेकपा एमालेका हस्ती उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गरे । बालेनलाई युवाहरुको ठूलो जमातको साथ देखियो । उनले चुनाव जित्न महिनौं मिहेनत गरेको खुलासा समेत गरे । बालेनले गत सोमबारे सपथ लिएपछि डाकेको पहिलो बैठकमा जे निर्णय लिन खोजे त्यो सकेनन् । उनलाई नेपाली काँग्रेसका वडाध्यक्षहरुबाट चुनौती आयो । उनीहरुले प्रक्रियामाथि प्रश्न उठाएर पहिलो गाँसमै बालेनको दाँतमा ढुङ्गा बनाइदिए । बालेनले फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालयको व्यवस्थापनलाई प्राथमिकतामा राखे । उनी फोहोर व्यवस्थापनका लागि सिसडोलसम्म पुगे । तर, सिसडोलवासीले फोहोर फ्याँक्न दिएका छैनन् । उपत्यकाभित्र फोहोर थुप्रिएर रोग फैलने खतरा बढिसकेको छ । सिसडोल पुगेका बालेनले स्थानीयलाई मनाउन खोजे । तर, स्थानीयसँग उनको चर्काचर्की भएको छ । बालेन जति सक्रिय भएर लागेका छन् उति नै चुनौतीको पहाड देखिएको छ । चुनाव जित्न भन्दा उनलाई काम गर्न कठिन बनिसकेको छ । अहिले काठमाडौं महानगरपालिकामा फोहोर धेरै थुप्रिएको छ । शहर दुर्गन्धित भएको छ । यही अवस्था केही दिन रहेमा निकै ठूलो समस्या आउन सक्छ । बालेन दौडधूपमा छन् तर परिणाम आउन सकेको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क