इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेनलाई बोल्दा पदीय मर्यादा ख्याल राख्न सुनिताको सुझाव

काठमाडौं | काठमाडौं महानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले मेयर बालेन साहलाई पदीय मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिन सुझाव दिएकी छन्। यो सुझाव नगर कार्यपालिका सदस्य अनिता कार्की ढोलीले मेयर साहलाई सामाजिक सञ्जालमा अराजक टिप्पणी नगर्न दिएको चेतावनीपछि आएको हो।

डंगोलले भनिन्, "पदमा बसिसकेपछि पदको मर्यादालाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। हामी आफैंले उदाहरण बनाउन नसक्ने, मनमा जे आयो बोल्ने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ।"

उनले मेयर साहको 'सिंहदरबार जलाउँछु' भन्ने अभिव्यक्ति र कार्की ढोलीको प्रतिक्रिया दुवै उचित नभएको बताइन्। डंगोलले थपिन्, "फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ। राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं, तर यससँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ।"

उपप्रमुख डंगोलले सबै जनप्रतिनिधिहरूलाई संस्थागत छवि नबिगार्न र पदको मर्म बुझेर अभिव्यक्ति दिन आग्रह गरिन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क