इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेन : ‘डन’ कि ‘वेलडन’

पत्रपत्रिका: अघिल्लो विहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन गएका मेयर बालेन्द्र साह आक्रोशमा आएपछि सञ्चालकले ‘डन’ जस्तै व्यवहार किन गरेको भने। ‘डन हो कि क्या हो ? बालेनसँगको चर्काचर्कीपछि सञ्चालक द्विराज शर्माले सञ्चारकर्मी माँझ प्रश्न समेत गरे। शर्माले बालेनलाई ‘डन’ भनेकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अल्फाबिटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा साहले नक्सा देखाउँदै गरेको तस्बिर राख्दै ‘वेल डन’ भन्दै ट्विट गरे। मेयरको चुनावताका ‘बाहुबली’ उपनामसमेत पाएका बालेनको नेतृत्वको महानगरको टोलीले अनधिकृत संरचना भत्काउने क्रम बढाउँदै जादा शर्मा र भट्टराईले मात्र हैन, थुप्रैले उनका बारेमा टीकाटिप्पणी गरेका छन्। उनले गरेका काम र लेखेका स्टाटसहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन्। कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग पनि जोडे। सन् २००१ मा निर्मित भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियन निकै हिट भएको थियो। त्यसकै झल्को दिनेगरी यति बेला काठमाडौं महानगरका मेयर बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक ’ भन्ने पनि कमी छैनन्। आजको नागरिक दैनिकमा यो समाचार छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क