इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेन शाहले अझ बढाए अग्रता, मत कति पुग्यो ?

काठमाडाैँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै गएका छन्। स्वतन्त्रबाटउम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका शाहमाथि सहानुभूति नै ओइरियो काठमाडौंवासीको । उनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । बालेनले चुनाव चिन्ह पाएसँगै सामाजिक सञ्जालमा ट्रोल बन्यो ‘बुढाबुढीलाई टेकाउन मिल्ने–भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।यो भाइरल पनि बन्यो । र, बालेनलाई युवाहरुले साथ पनि दिए । काठमाडौंका मतदाता मात्रै हैन उनको चुनावी प्रचारमा अन्य जिल्लाका समर्थक पनि साथमा रहे । उनी इन्जिनियर मात्रै हैनन् । एक सफल गायक पनि हुन् । त्यसैले पनि उनको समर्थनमा कलाकारहरु पनि खुलेरै उत्रिए । काठमाडौंका चोकहरुमा उनका गीत बजाउँदै युवायुवती नाच्दै मतको आव्हान गरिरहेको दृष्य राजधानीवासी धेरैले देखे । उसो त, उम्मेदवारी दर्ता गराउने समयमा पनि बालेन क्रेजले छपक्कै छोपेको थियो । प्रमुख दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारको रौनक र तामझाप त सामान्य नै मानिन्छ । मान्नुपर्छ । तर, उनी बल्लतल्ल प्रस्तावक र समर्थक जुटाएर उम्मेदवारी दर्ता गराउन गएका स्वतन्त्र व्यक्ति थिए । उनको साथमा न संगठन थियो । न समर्थक । तर, पनि उनको साथलाई धेरै युवाहरुले हो मा हैसे गरे । र, त बालेन्द्र शाह खास बालेन बने । अनि देशभर उनी चिनिए । उम्मेदवारी दर्ता गराएपछि धेरैको आँकलन थियो । बालेनले के भोट ल्याउन् र जित्लान् । स्वतन्त्रलाई कसले पो भोट दिन्छ । यस्ता अनुत्तरित प्रश्नहरु धेरैमा कनमा थियो । धेरै चिया पसल अनि मदिरा पसलहरुमा चले, चलाइए । तर, पनि उनीमाथि युवाहरुको समर्थन रहिरह्यो । चुनावी प्रचार भयो । निर्वाचन सकियो । अहिले मतगणना चलिरहेको छ । र, सबैको या भनौ धेरैको सोचाइ विपरीत नै उनै बालेनको मत अचम्मैसँग आइरहेको छ । उनले देशकै प्रमुख राजनीतिक दल । जसको संगठन बलियो छ । सरकार छ । उनैलाई मतगणनाको सुरुआतीदेखि नै पछाडि पारिरहेका छन् । उनको अग्रता कायमै छ । बालेनसँग नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, एमालेका केशव स्थापितलगायत बलिया उम्मेदवार चुनावी मैदानमा छन् । सिंह कांग्रेसका प्रभावशाली नेता प्रकाशमानकी श्रीमती मात्रै हैन, एक् सफल नेतृ हुन् । नेपाली कांग्रेसभित्र सिर्जनाको छुट्टै राजनीतिक पहिचान छ । उता एमालेका स्थापित राजनीतिका कुशल खेलाडी हुन् । उनले काठमाडौंको मेयर पदमा एक कार्यकाल काम गरेर अनुभव पनि बटुलिसकेका छन् । यीबाहेक अन्य राजनीतिक दल अनि स्वतन्त्रबाट पनि महानगर हाँक्ने सपनाका साथ धेरैले नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् । यत्ति भइसक्दा अहिले (यो समाचार तयार पार्दासम्म) उनै बालेन शाह काठमाडौंको मेयर पदमा मतका आधारमा सबैभन्दा अगाडि छन्, जति मत गनिएको छ । अहिले काठमाडौंको वडा नं. १, २, ३, ४ र ३२ को मत गणना जारी छ । अहिलेसम्म ३ हजार ७ सय २७ मत गनिसक्दा बालेनले १ हजार २५४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ उनलाई पछ्याएका छन् । सत्ता गठबन्धनकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७ सय १९ मत पाएकी छिन् । मतगणना जारी रहेकाले कतिबेला कस्कोपल्लाभारी हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । तर, एक्लो उम्मेदवारी दिएका बालेनले एक दिनसम्म प्रभावशाली पार्टीका प्रभावशाली नेतालाई उछिन्नु ठूलै कुरा हो, अझ पनि देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा । र, अहिले कतै कतै बहसको विषय बनिरहेको छ– के यसैगरी अग्रता जोगाइराख्लान् बालेनले ?

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क