इन्फो नेपाल — सञ्चारको सञ्जाल

"बालेन साहले अधिकारकाे दुरुपयाेग गरे"

काठमाण्डाै – काठमाण्डाै उद्योग वाणिज्य सङ्घले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाण्डाै महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै सङ्घले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गर्नुभयो । उहाँले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारको दुरुपयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेयरले डोजर, प्रहरी अगाडि पछाडि राखेर अधिकार छ भन्दैमा त्यसरी अधिकारलाई दुरुपयोग नगर्न अनुरोध हो । शक्ति यस्तो चिज हो बन्दुक भएपछि चलाउँ चलाउँ लाग्दो रहेछ । काम गरेर खानेहरूलाई चलाउन नहुने हाम्रो भनाइ हो । बहाल कर लिन महानगरले पार्किङ हो वा व्यवसाय भनेर थाहा भएन । महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्ने हो । व्यवसायीले लगानी गरेको सम्पत्ति पोको बनाएर जाऔँ भन्ने हो ? अनधिकृत रूपमा बनाएकाे संरचना भत्काउने महानगरलाई अधिकार छ । त्यसमा हामी साथ नदिएको होइन । महानगरले व्यापार, व्यवसाय गरेर गरिखानेहरूको पीडा बुझ्नुपर्छ भनेको हो । नियम विपरीत भएपनि हटाउनका लागि समय दिनुपर्छ । अन्डरग्राउन्ड पार्किङमा व्यवसाय गरेको भन्दै व्यवसायीलाई महानगरले जुन व्यवहार गरेको छ, त्यो गलत हो ।’ अध्यक्ष श्रेष्ठले घरधनी र महानगरबीचको विवादको बीचमा व्यापारीलाई पारेर उनीहरूलाई मेयरले पसलमा नै गएर धम्क्याएकाे दाबी गर्दै त्याे काम गलत भएको बताउनुभयो । उहाँले आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्यायसङ्गत नभएको टिप्पणी गर्नुभयो । अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाण्डाै उद्योग वाणिज्य सङ्घ व्यवसायीको हकहितको रक्षाका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले महानगरकाे अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीप्रति गरेको व्यवहारको विरोध गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले महानगरले क्षति पुर्‍याएका व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले पार्किङका लागि नक्सा पास भए पनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर महानगरले ब्याज खाएको आरोप लगाउनुभयो । उहाँले काठमाण्डाै महानगरपालिकाले व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिनुभयो । अध्यक्ष श्रेष्ठले महानगरले पार्किङ प्रयोजनका लागि भनेर व्यवसायको कर लिने अनि बिहानै महानगरको मेयरलाई केही सनक चढ्यो भन्दैमा पसल बन्द गर्न जानु राम्रो नभएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले ३५ दिने सूचना दिए ३५ दिन कटेर ३६ दिन भयो उठेर जाऔँ भन्न प्रजातन्त्रिक देशमा सान्दर्भिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । नेपालको कानुनमा अन्डरग्राउन्डमा पसल राख्न पाइँदैन भनेर महानगरले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क