इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेन-सुनिताले भेटे मन्त्री झाँक्री

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगाेलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । प्रमुख शाह र उपप्रमुख डंगोलले मन्त्री झाँक्रीलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा शनिबार दिउँसो भेट गरेका हुन् । तीनै जनाबीच शहरी विकास मन्त्रालयले निर्माण गरेकाे बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटमा काठमाडौं उपत्यकाको फाेहाेर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएकाे मन्त्री झाँक्रीको सचिवालय जनाएको छ । काठमाडौंको फाेहाेर व्यवस्थापन गर्ने विषयमा महानगर प्रमुख शाह र उपप्रमुख डंगोलकाे केही दिनयता सक्रियता बढेकाे छ । शुक्रबार शाह र डंगोल सिसडोल पुगेर फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गरेका थिए । प्रमुख शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउन कमिकल हाल्ने र तीन महिनासम्ममा फोहोरबाट मल तथा ग्यास बनाउने प्रतिबद्धता जनाएका थिए । स्थानीयले भने पहिला आफ्ना माग पूरा गर्नुपर्ने अडान लिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क