इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाहिर सडकमा कार्यकर्ता उतारेर भित्र एमसीसीमा समर्थन गरेका प्रचण्डले दिए यस्तो स्पष्टिकरण

काठमाडौ । लामो समय सम्म एमसीसीको विपक्ष आन्दोलन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सम्झौताको लागि सहमति जनाएपछि अहिले उनको पार्टी भित्रै आलोचना भएको छ । उनका कार्यकर्ता एमसीसीका विरुद्ध आन्दोलनमा उत्रिएका थिए । तर आइतवार भने प्रचण्ड लगायतका केही पार्टीको समर्थनमा एमसीसी संसदवाट पास भएको छ । पार्टी भित्रै आदोचना खेपेका प्रचण्डले सोमवार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका छन् । उनले एमसीसीको सम्झौतालाई सकारात्मक ढंगले ल्यान्डिङ गराउन एमसिसीका अध्यक्षलाई पत्र लेखेको स्वीकार गरेका छन् । एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले राष्ट्रिय सहमति बनाउने उद्देश्यका साथ पत्र लेखिएको बताए । उनले भने, ‘दबाब बढ्दै गएपछि मैले हामी सकारात्मक ढंगले सोच्दैछौं । सबै दलहरूबीच सहकार्य बनाउन परेको छ । अन्ततः हामी यसलाई सकारात्मक ढंगले नै ल्यान्डिङ गर्नुपर्छ भनेर पत्र लेखेँ । त्यो पत्र आएपछि मलाई त भिलेनजत्तिकै सोचियो ।’ प्रचण्डले नेकपाकालीन बेलामा आफूले नै एमसिसी सम्झौता यथास्थितिमा पारित हुन नहुने तर्क राखेको पनि बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क