इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिद्यालय आउने जानेमा नै बित्छ बिद्यार्थीको ६ घन्टा

खोटाङ: विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्र/छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्र/छात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रअ चन्द्र राईले बताए । तापखोला किनारभन्दा केही माथि रहेको विद्यालयका अधिकांश छात्र/छात्रा उँदो झर्नुपर्ने हुन्छ । बिहान ओरानो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन–पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ । ‘ओरालो भएकाले स्कुल झर्दा अलि चाँडो हुन्छ,’ प्रअ राईले भने, ‘तर उकालो निस्कँदा तीन घण्टाभन्दा बढी समय लाग्छ ।’ फेदीका वडाध्यक्ष निरकुमार राईका अनुसार थुम्की, खोलाखर्क, ठूलोखरे, माखम्ला, शेर्पाटोल, केलसी लगायतका गाउँका विद्यार्थीलाई पनि विद्यालय पुग्न तीन घण्टाको हाराहारीमा समय लाग्ने गरेको छ । विद्यालय पुग्नका लागि छात्र छात्रा बिहान सात बजे नै विद्यालय हिँड्ने गरेका छन् । विद्यार्थी विद्यालयबाट छुट्टी भएपछि साँझ अवेर मात्र घर पुग्ने गरेका छन् । विद्यालय जाँदा साँढे दुई घण्टा र घर फर्कँदा तीन घण्टा समय लाग्ने गरेको थाकुकी कक्षा ९ मा अध्ययनरत छात्रा मन्जिता राई बताउँछिन् । उकालो बाटो छिचोलेर अवेर घर पुग्दा थाकेर गृह–कार्य गर्नै समस्या हुने गरेको छ । हालको केपिलासगढी गाउँपालिका–१ फेदी र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा एउटै वडा थियो जसलाई पञ्चायतकालमा खार्ताम्छा गाबिस भनिन्थ्यो । एउटै वडा भएकोबेला सेन्टरमा पर्नेगरी २०१७ सालमा कुहुडाँडा माबि स्थापना गरिएको थियो । पञ्चायतकालमा खार्ताम्छालाई फुटाएर खार्ताम्छा र फेदी गाबिस बनाइए पछि कुहुडाँडा माबि फेदीको किनारामा पर्न गएको हो । हाल कुहुडाँडा माबि फेदी र खार्ताम्छाको सिमानामा पर्छ । कुहुडाँडालाई फेदीको केन्द्रमा बनाउने विषयमा कसैको ध्यान जान सकेको छैन । (प्रेस दर्पण)

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क