इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिरालोको दिसाबाट बनाइन्छ संसारकै महँगो कफी

काठमाडौं | महँगो कुरा खानु मानिसहरुको सोख हो । यस्ता सौखिन खानेकुरा बन्ने तरिका पनि निकै रोचक छ । संसारमा निकै विशेष मानिने र सबैभन्दा महँगो कफी बन्ने विधि झनै रोचक छ । इन्डोनेसियामा बन्ने संसारकै सबैभन्दा महँगो कफीमध्ये एक हो, कोपी लुवाक । यसको बन्ने विधिका कारण यो निकै महँगो छ । कोपी लुवाक इन्डोनेसियामा पाइने एक बिरालो जस्तौ प्रजाती पाम सिभेटको दिसाबाट बनाइन्छ । सुन्दै घिन लाग्ने यो विधि फोहोर नहुने त्यहाँका उत्पादक कम्पनी बताउँछन् । पाम सिभेट नामको जनावरले उत्तम प्रकारका कफिको चेरी खाएर पचाउँछ । चेरी खाएपनि यसले कफिको बियाँ पचाउन सक्दैन । त्यसैले यसले दिसामार्फत कफीको बियाँ उत्सर्जन गर्छ । बिरालोजस्तै देखिने पाम सिभेटले उत्सर्जन गरेको उक्त कफी बिनको बाहिरी भागलाई प्रशोधन गरेर हटाइन्छ र सफा बनाइन्छ । र बाँकी रहेको कफी बिन्सलाई भुटिन्छ । त्यसपछि तयार भएको कफीलाई सफा गरेर उपभोक्तालाई बिक्री गरिन्छ । विशेषगरि कोपी लुवाक कफीको नाम नभएर कफी बनाउने विधि हो । यस विधिको प्रयोग गरेर इन्डोनेसियाको पाङगालेगान हाइल्यान्डमा कफीको उत्पादन गरिन्छ । यस विधिको प्रयोगबाट बनाइएको कफी निकै नै स्वादीलो हुने गरेको बताइन्छ । यो कफि पूर्णरुपमा तितो हुँदैन । यो कफीमा चिल्लो, माटो र चकलेटको जटिल किसिमको मिश्रित स्वाद पाइन्छ । कफीलाई इन्डोनेसियामा कोपी भनिन्छ । बिरालोसँग मिल्जुल्दो एक प्रजातीको जनावरलाई इन्डोनेसियामा लुवाक भनिन्छ । त्यसैले कोपी लुवाकलाई बिरालो दिसा कफी अर्थात क्याट पुप कफी पनि भनिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क