सुनसरी / झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बिर्तामोड १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले पैदलयात्री बिर्तामोड ४ बस्ने ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोको थियो ।बीएण्डसीबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनापछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…