इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिर्तामोडमा श्रीमती बितेकाे ३६ घण्टामै श्रीमानकाे निधन

सुनसरी / झापामा श्रीमतीको निधन भएको ४८ घण्टा नबित्दै श्रीमानको पनि निधन भएको छ । बिर्तामोड नगरपालिका -५ स्थित अग्रसेन भवन छेउमा श्रीमान र श्रीमतीको निधन ३६ घण्टाको फरकमा भएको हो । शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीका माता ६८ वर्षीया निर्मला पौडेल अधिकारीको कात्तिक २७ गते बिहान ११ः४५ बजे गाई तिहारका दिन निधन भएको थियो । त्यसको ४८ घण्टा नबित्दै अधिकारीका पिता ७४ वर्षीय खगप्रसाद अधिकारीको गएराति ११ बजेर ११ मिनेटमा निधन भएको हो । गोबर्द्धन पूजाको राति निधन भएका अधिकारीको आज भाइटीकाको दिन दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने आफन्त शम्भु दाहालले बताए । अधिकारी परिवार इलामको साविक शान्तिपुरबाट बसाइ सरी बिर्तामोड ५ मा आएका थिए । अधिकारी दम्पत्तिका छोराबुहारी ज्ञानेन्द्र, कला अधिकारी, छोरीहरु देवी अधिकारी खनाल होक्से, सीता अधिकारी थापा बेलायत, गीता अधिकारी काठमाडौमा रहेका छन् । गीता अधिकारी नेपाली चलचित्रकी अभिनेत्री हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क