इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा

कैलाश | मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् ।


कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । एक घर एक धारा पुर्याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताए । सरसफाइ र खानेपानी परिपुरक रहेकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताए । विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागत साझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो, मुक्तानले भने । मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको बताए । खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउँदै मुहानको बीमा गरिए विपत्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने बताए ।


वडा ७ का वडाध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । बिलाउने टोलमा उक्त कार्यक्रममा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताए । कार्यक्रममा वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरि मर्मत र संरक्षणको लागि समिति चुस्तदुरुस्त अवस्थामा रहनुपर्ने बताए । दीगोरुपमा निरन्तरता दिनका लागि सबै घरधुरीको सक्रिय सहभागिता रहनुपर्ने उनले बताए ।
त्यस्तै, कैलाश ८ रुपराङ्ग—रान्चुराङ्ग टोललाई पनि आजै घोषणा गरिएको छ । वडा अध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा टोल गाउँपालिका अध्यक्ष मुक्तानले घोषणा गरेका हुन् । उक्त टोलमा भने ४४ घरधुरी लाभान्वित भएका छन् । रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखी धारासम्मको संरक्षण हाम्रो दायित्व हो, लामा समयपछि रुपराङमा घरघरमा पानी आएको अवस्था छ, हामीले साझेदारी कार्यक्रम अन्तरगत अर्को टोलमा पनि कार्यक्रम गरिने बताए ।


आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटक एक घर एक धारा अभियान अन्तरगत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताए ।

 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क