इन्फो नेपाल — सञ्चारको सञ्जाल

सार्वजनिक विदा दिने सरकारको तयारी

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ । बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो । त्यस्तै, तमु समुदायको पर्व ल्होसारका अवसरमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा सेन्चुरी युवा क्लबको आयोजनामा आइतबारदेखि चारदिने ल्होसार मेला सुरु भएको छ । ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत भलिबलका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम दर्ता भएको उहाँले जानकारी दिनुभयो । दुवै प्रतियोगिताको विजेता टिमले रु २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः रु १५ र आठ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । मेलामा हुने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मेच घुमाइ प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मेलाको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेकपा एमाले नेता एवं पूर्वयुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताउनुभयो । आफू युवा तथा खेलकुदमन्त्री हुँदा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग० सम्पन्न गरेर देशको प्रतिष्ठा राखेको बताउँदै उहाँले त्यस समयमा युवा तथा खेल क्षेत्रको विकासमा केही महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क