इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने देश कहाँ छ ?

काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो । एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए । सांसद पोखरेलले बिहे गरेर आउने बुहारीलाई कति समयपछि नागरिकता दिने हो भन्ने बिषयमा बोल्न नहुने हो भन्दै प्रश्न गरे । उनले प्रश्न गरे– ‘बिहे गरेर आएको भोलिपल्टै नागरिकता दिने देश कहाँ छ नाम दिनुपर्यो । हैनभने भारतमा नेपाली चेली बिहे गरेर गएपछि नागरिकता पाउन ७ वर्ष लाग्छ । अमेरिका बेलायत जहाँको हेरे पनि ५ वर्षभन्दा अगाडि पाइँदैन । यसमा छलफल गरौँ। तर कत्ति पनि हुन्न भोलिपल्टै दिनुपर्छ भन्ने लाइनबाट विधेयक आएको छ दुनियाँको अभ्यास हेरेर एउटा निष्कर्षमा पुग्न जरुरी छ ।’ उनले जन्मसिद्ध नागरिकका सन्तानले संविधान बनेको यति लामो समयसम्म पनि नागरिकता नपाउने अवस्था हुन नहुने बताए । यस्तै गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा अघिल्लो विधेयक भन्दा संकुचित व्यवस्था गरिएको टिप्पणी गरे । यस्तै संविधानमा महिलाले पाएको अधिकार कटौती हुनेगरी विधेयक आएको बताए । उनले भने– ‘संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचान दिने भनिएको छ । महिलाहरुले यति लामो समय आन्दोलन गरेर, लडेर संविधानमा गरिएको व्यवस्था तपाईलाई काट्ने अधिकार कसले दियो ? यो नागरिकता ऐनमा त्यो कुरा उल्लेख नगरीकन यो विधेयक ल्याउने अधिकार कहाँ छ ? हिजो सुव्यवस्थित तरिकाले लेखेर ल्याएको कुरा कटौती गरिएको छ गृहमन्त्रीजी । हिजोको विधेयकमा परिवारका सदस्य पनि सनाखत गर्न आउनुपर्ने भन्ने राम्रा प्रबन्ध काटेर फाल्नुपर्ने कारण के ?’ विगतमा एमालेले ल्याएको विधेयकलाई फिर्ता गर्नुपर्ने परिस्थिति नभएको बताउँदै उनले सदनबाट त्यसमा आवश्यक संशोधन गरेर पास गर्न सकिने बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क