इन्फो नेपाल — सञ्चारको सञ्जाल

बीपी राजमार्ग र कान्ति लोकपथ एकतर्फी खुल्यो

मकवानपुर । लगातारको वर्षासँगै आएको बाढी-पहिरोले चार दिनदेखि बन्द बीपी राजमार्ग र कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएर साना सवारी साधन सञ्चालन गराइएको हो।

​काभ्रे प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध र रोशी गाउँपालिकाका विभिन्न खण्डमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो। चौकीडाँडामा रोशी खोलाको बहाव उच्च रहेकाले खानेपानी पम्प हाउसको भित्री ट्र्याक प्रयोग गरी गाडी पास गराइएको छ। काठमाडौँ-हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि एकतर्फी खुलेको छ।

नदीको बहाव अझै उच्च रहेकाले सडक विभाग र प्रहरीले जोखिमयुक्त क्षेत्रमा पूर्ण सावधानी अपनाएर मात्र यात्रा गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क