इन्फो नेपाल — सञ्चारको सञ्जाल

बुटवलको कालिकाका विद्यार्थीले बनाए स्मार्ट सोलार

बुटवल - बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीले स्मार्ट सोलार यन्त्र बनाएका छन् । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घामले छेकिँदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउँछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तीले बताए । विज्ञानका विद्यार्थीहरु सन्दिप वस्ती, सफल अर्याल, विपिन रिमाल, करुणा भुसाल र अनुज पोख्रेलको समूहले यो यन्त्र बनाएको हो । घरायसी प्रयोगको लागि यो यन्त्र सोलार सिस्टम बाहेक थप दस हजार रुपैयाँमा तयार गर्न सकिने उनीहरुको भनाई छ । कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा स्मार्ट सोलार सिस्टम प्रदर्शन गरिएको थियो । यस प्रदर्शनीमा विद्यार्थीहरूले आफूले बनाएका सयभन्दा बढी सामग्रीहरू प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क