इन्फो नेपाल — सञ्चारको सञ्जाल

बुटवलमा भारी वर्षाको कहर, विद्यालयहरू बन्द

बुटवल । रुपन्देहीको सदरमुकाम बुटवलमा परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्। बजार क्षेत्र र शैक्षिक संस्थाहरू समेत बाढीको चपेटामा परेका छन्। राति परेको मुसलधारे वर्षाले मुख्य व्यापारिक केन्द्र अमरपथलाइनमा रहेको सोह्र छत्तीस कुलो थुनिँदा बजार क्षेत्रमा फोहोर लेदो र बाढीको पानी पसेको छ। यसले स्थानीयवासीको आवागमनमा समस्या पारेको छ। साथै, बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ। यसैगरी, बुटवल हाटबजारलाइनमा अवस्थित रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयको भुइँतलामा पनि बाढीको पानी पसेको छ। कार्यालयहरूको कामकाज प्रभावित भएको छ। बाढी पसेपछि बुटवलको न्यू होराइजन बोर्डिङ स्कुल लगायतका शैक्षिक संस्थाहरूले पनि एकदिनका लागि पठनपाठन बन्द गरेका छन्। कालिकानगरस्थित शुभ नारायणी फर्निचर उद्योगमा पनि बाढी पसेर करिब ५ लाख रुपैयाँको क्षति भएको छ। बुटवल उपमहानगरपालिकाका इन्जिनियरका अनुसार सोह्र-छत्तीस कुलोको गेट बन्द भएकाले पानी बग्न नपाउँदा डुबानको समस्या आएको हो। प्रहरीले पनि नाली र कुलो थुनिँदा बाढीको समस्या भएको बताएको छ। भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क