इन्फो नेपाल — सञ्चारको सञ्जाल

बूढी खोलामा बेपत्ता भएकी ८ वर्षीया बालिका मृ´त अवस्थामा फेला

सुनसरी / मोरङको जिल्लाको बूढीगङ्गा गाउँपालिका-२ स्थित बूढी खोलामा बेपत्ता भएकी एक बालिका मजुलम मियाकी ८ वर्षीया छोरी रुसिना खातुन पौडी खेल्ने क्रममा बूढी खोलामा बेपत्ता भएकी थिइन् भने शुक्रबार दिउँसो मृ´त फेला परेकी छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले मृत फेला पारेर रुसिनाको शव खोलाबाट बाहिर निकालेको छ । बालिकाको खोजीमा सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपाने र सहायक निरीक्षक लेखजङ्ग कार्कीसहितको गोताखोर टोली परिचालित थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार गोताखोर टोलीले मृत फेला पारेर बालिकाको शव खोलाबाट साँझ ६ः४५ बजेतिर बाहिर निकालेको हो । दिदी सुहाना खातुनसँगै पौडी खेल्न पसेका बेला रुसिना खोलामा बेपत्ता भएकी थिइन् । सुहाना भने बाहिर निस्कन सफल भएकी थिइन् । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क