इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेमौसमी बर्षाले धानबालीमा : ८.२७ अर्बको नोक्सान

काठमाडौं : नेपालमा खेती गरिने जमिन लगभग तीस लाख एकानब्बे हजार हेक्टर भन्दा बढि छ । यसको झन्डै आधा भूभागमा धानखेती हुन्छ । नेपालमा बर्सेनि करिब पच्पन्न लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ । पछिल्लो विवरणअनुसार वर्षाले देशभरिमा गरी धान बालीमा मात्र आठ अर्ब २६ करोड असी लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको छ । पाकेर भित्र्याउनै तयार भएको अवस्थामा लगातारको वर्षा र त्यसपछिको डुबानका कारण धान बालीमा ठूलो क्षति हुन पुगेको छ । किसानले काटेर गरामा सुकाएको निहिन डुबाउँदा पनि क्षतिको मात्रा बढ्न पुग्यो । मन्त्रालयका अनुसार सातवटै प्रदेशमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको छ । वर्षाले ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट गरेको मन्त्रालयको तथ्यांक छ । सातवटा प्रदेशका विभिन्न जिल्लामा गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा आंशिक क्षति पुगेको छ । लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति पुगेको तथ्यांक मन्त्रालयको छ ।यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क