इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेलबारीको हार्डवेयर पसलमा आगलागी हुँदा ४ करोडको क्षति, २ जना घाइते

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १ ढुकुरे चोकमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयर पसलमा आज बिहान आगलागी हुँदा चार करोड बराबरको क्षति भएको हो भने आगोले जलेर २ जना घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार डबल खान ठकुरीको ३ तले घरमा रहेको पसलमा बिहान १ः४५ बजेतिर अचानक आगलागी भएको थियो । आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका धनमाल जलेको हो । आगोले जलेर ३० वर्षीय भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीय नमिता ठकुरी घाइते भएका छन् । शरीरका विभिन्न भाग जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा पठाइएको छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली खटिएको थियो । नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विषयमा थप जानकारी आउन बाकि रहेको छ भने थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क