इन्फो नेपाल — सञ्चारको सञ्जाल

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ । यो पनि - राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मिडाेजले लेखेकाे पुस्तकमा उल्लेख छ । मिडाेजकाे संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएकाे थियाे । केही दिनपछि परीक्षण गर्दा उनकाे नेगेटिभ रिपाेर्ट देखिएकाे थियाे । २६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयाेजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई काेभिड देखिएकाे थियाे । निकाे भएपछि २ अक्टाेबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई काेभिड भएकाे ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै काेभिड जितेकाे उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपाेर्टका बाबजुद उनलाई निकै असजिलाे महशुस भएकाे थियाे । काेभिड भएपछि उनलाई भाेलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएकाे थियाे । दाेस्राे परीक्षण गरिएकाे तीन दिनपछि बाइडेनसँगकाे बहस भएकाे थियाे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क