इन्फो नेपाल — सञ्चारको सञ्जाल

ब्याडमिन्टनको उपाधी भोजपुरलाई

भोजपुर- खुला तथा बी डिभिजन ब्याडमिन्टनको उपाधी भोजपुरले जितेको छ । भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा आयोजित प्रतियोगिता तर्फको फाइनल खेलमा खुला तथा बी डिभिजन दुवै तर्फको उपाधी भोजपुरले जितेको हो । प्रतियोगिता तर्फको खुला तर्फको फाइनल खेलमा विवेकश्रेष्ठ र विशाल तामाङको जोडीले मोरङका लाक्पा शेर्पा र विनय चौधरीको जोडीलाई सोझो सेटमा २१-१७,२१-१२,२१-११ ले पराजित गर्दे बिजेता भएका हुन् । यस्तै प्रतियोगिताको बी डिभिजन तर्फ पनि भोजपुरका चन्दन कट्वाल र सुरज राना मगरको जोडी प्रथम बनेको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाइनलिष्ट २ टीमले १०-१० हजार नगद र वी डिभिजन तर्फ प्रथम स्थान हासिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल, प्रमाण पत्र र सेमिफाइनलिष्ट २ टीमले नगद सात हजार पाँच सय ७५ पाएको आयोजक दिङला ब्याडमिन्टन क्लवले जनाएको छ । भोजपुर, संखुवासभा, मोरङ, उदयपुर, सुनसरी जिल्लाका साथै विभागीय टीम ससस्त्र प्रहरीकोसमेत गरि खुल्ला तर्फ ८ टीम र बी डिभिजन तर्फ भोजपुर र संखुवासभाका २२ टीमको सहभागिता रहेको थियो । दिंला व्याडमिण्टन क्लबको आयोजना तथा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर ४ को संयुक्त प्रायोजनमा प्रतियोगिता संचालन गरिएको थियो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क