इन्फो नेपाल — सञ्चारको सञ्जाल

भक्तपुरमा मदिरा बिक्री–वितरणमा रोक

भक्तपुर: जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुला रूपमा मदिरा बिक्री–वितरण गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । यही चैत २७ देखि सुरु भई वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुला रूपमा मदिराका कारण आपराधिक घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री–वितरणमा रोक लगाइएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, “खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।” जात्राको समयमा ढुंगामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृंखल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरेका छन् । जात्रामा तानिने भैरवको रथमा अधिकारप्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्न समेत उनले आग्रह गरेका छन् । यस्तै, मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३०, वैशाख १ र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायत जात्रालाई पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र मदिरा बिक्री–वितरण तथा खुला रूपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्ण रूपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यो वर्ष पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिरा बिक्री–वितरण तथा खुला रूपमा सेवन गर्न रोक लगाएको जानकारी दिए । जात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुने समेत उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क