इन्फो नेपाल — सञ्चारको सञ्जाल

भर्ना अभियान सुरु हुनुअगावै शैक्षिक सामग्री पुर्‍याउने तयारी

काठमाडौं - शैक्षिक सत्र ०८१ सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चुस्त रूपमा पुस्तक छपाइ र वितरणको तयारी गरिरहेको छ। केन्द्रले यही चैत १५ गतेभित्र आवश्यक पाठ्यपुस्तकको छपाइ सम्पन्न गरी चैत १६ गतेदेखि नै सातवटै प्रदेशका नौ वितरण केन्द्रबाट पुस्तक वितरण सुरु गर्ने भएको हो। छपाइ र वितरणमा केन्द्र रातदिन खटिरहेको छ। दैनिक एक लाख थान छपाइ भइरहेको छ भने पुस्तक वितरणलाई पनि प्राथमिकीकरण गरिएको छ। केन्द्रले यसपाली एक करोड ७५ लाख थान पुस्तक छपाउनुपर्ने भएको छ। जसमध्ये एक करोड ५७ लाख थान छपाइ सकेको छ भने बाँकी १८ लाख थान पनि चैत १५ भित्रै छपाइ सम्पन्न गरिनेछ। पुस्तक वितरणका लागि पहिलो प्राथमिकतामा हिमाली र दुर्गम क्षेत्र राखिएको छ भने दोस्रोमा पहाडी र तेस्रोमा तराईँ क्षेत्रलाई राखिएको छ। अन्तमा उपत्यकाको पालो आउनेछ। केन्द्रले बिहानदेखि बेलुकासम्म नै वितरण गर्ने गरेको छ भने २४ सैँघण्टा छापाखाना सञ्चालन गरिरहेको छ। गत वर्ष शैक्षिक सत्र सुरुहुनुपूर्व नै कक्षा ६ देखि १२ सम्मका पुस्तक छपाइ र वितरण सकिनुका साथै आगामी वर्षका लागि पनि केन्द्रले कक्षा १ देखिकै पाठ्यपुस्तक छपाइको तयारी गरिरहेको प्रबन्ध निर्देशक झाले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क