आजको पञ्चाङ्ग इन्फो:-
श्री शाके १९४४ बि.स.२०७९ भदौ ११ गते शनिबार इश्वी सन २०२२ अगस्त २७ तारीख भाद्र कृष्णपक्ष औंसि तिथी मघा नक्षत्र शिव योग नाग करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्नानदान र हलोबार्ने औँशी, गोकर्णस्नानम्, कुशेऔँशी, बाबुको मुख हेर्ने, मन्वादि, मोतिजयन्र्तीे
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १२ गते : चन्द्रोदय (चन्द्रदर्शन), गुँलाधर्मको समापन, त्रिपुष्कर योग राती १०:३२ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि),
- १३ गते : दर खाने दिन, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, द्वारचक्र, दीक्षा ग्रहण
- १४ गते : हरितालिका व्रत, तीज, मन्वादि, चन्द्र दर्शन दोष, चथा, चोरचन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)