आजको पञ्चाङ्ग इन्फो
वि.सं. भदौ १३, २०७९ । ई.सं. २९ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । सोमबार भाद्र शुक्लपक्ष । तिथि- द्वितिय, १४:३५ बजे उप्रान्त तृतीया । नक्षत्र- उत्तरफाल्गुनी, २३:२७ बजे उप्रान्त हस्त । योग- साध्य, २६:२९ बजे उप्रान्त शुभ । करण- कौलव १४:३५ बजेदेखि तैतिल, २६:३६ बजे उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादि योग श्रीवत्स । दिनमान ३१।५३ । सूर्योदय ५:४१ । सूर्यास्त १८:२६ । दिजको दर खाने ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १४ गते : हरितालिका व्रत, तीज, मन्वादि, चन्द्र दर्शन दोष, चथा, चोरचन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि),
- १५ गते : श्री गणेश चतुर्थी व्रत, राष्ट्रिय धर्मसभा दिवस
- १६ गते : ऋषि पञ्चमी व्रत, मध्याह्न कालमा सप्तर्षि पूजा, बिरुडा पञ्चमी, धर्म विनायक राष्ट्रिय रथयात्रा, कोखजाबिय, खनजोत नगरी उम्रिएको साग खाने दिन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, दीक्षा ग्रहण