इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

काठमाडौं / भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो ।  प्राप्त भएको नयाँ मूल्य सुचीअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।  नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए । भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क