इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतबाट ६ सय किलोमीटर दौडेर हेटौंडा आइपुगेका तामाङ र शर्मा

हेटौंडा । छिमेकी मुलुक भारतको साविक दार्जीलिङ र कालिम्पोङ जिल्लाबाट दुई जना युवा खेलाडीहरू दौडेर हेटौंडा आईपुगेका छन् । २७ वर्षीय नरदेन तामाङ र २३ वर्षीय अनुक शर्मा शुक्रबार करिब ६ सय किलोमिटर दूरीको यात्रा पूरा गरी शनिबार सिन्धुली जिल्लाको झनझने हुँदै हेटौंडा आइपुगेका हुन् । जल्डका रनर क्लबका सदस्य तामाङ र शर्माले गत अप्रिल ८ तारिखदेखि भारतको प्रसिद्ध केदारनाथ मन्दिरसम्म पुग्ने लक्ष्यका साथ १ हजार ८ सय किलोमिटर दौडिने यात्रा सुरु गरेका थिए । शनिबार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरूले नेपाल र भारतमा धेरैजसो पक्ष मिल्ने भएकोले नेपालहुँदै दौडिन सुरु गरेको बताए। तामाङले भने, "अहिलेसम्म हामीलाई यात्राको क्रममा कुनै असहज भएको छैन। भाषा पनि मिल्छ, अनि बाटोमा सबैको माया पाइरहेका छौं। यो बेला घरदेखि टाढा भएको महशुस भएको छैन, घरमै छौं जस्तो लागिरहेको छ।" दुबै जनाले ४० दिनभित्र केदारनाथ पुग्ने लक्ष्य लिएका छन्। दैनिक ६० किलोमिटर दौडिरहेका उनीहरू आइतबार चितवन पुग्ने बताएका छन्। जल्डका रनर क्लबका सदस्य गोपाल गुरुङले स्वास्थ्यका लागि दौडिनुपर्ने बताए । "अहिले नेपाल र भारतमा धेरैजसो युवाहरू व्यायाम नगर्ने हुनाले अस्वस्थ छन्, दौडेर स्वस्थ हुनुपर्छ," उनले भने । दुई जनाको संरक्षकको रूपमा क्लबका सदस्य गोपाल गुरुङ, लोकेश तामाङ, असिन भुलेज र सुजन राई पनि शनिबार हेटौंडा आइपुगेका छन्। उनीहरूले यस यात्रामा आफू स्वस्थ स्वतन्त्र महसुस गर्दै आएको बताएका छन्। आफुहरुको यस यात्राले युवा पुस्तालाई स्वस्थ रहन र व्यायाम गर्न प्रेरित गर्नेछ भन्ने विश्वास गरिएको गोपाल गुरुङले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क