इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे, समुदायस्तरमा संक्रमण फैलने खतरा

भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए । नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ,’ उनले भने, ‘नेपालमा संख्या वृद्धि भए पनि स्वास्थ्य परीक्षण भने कमैको हुने गरेको छ ।’ नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकेको छैन । कोरोना परीक्षणका लागि सञ्चालन गरिएको हेल्थ डेस्कमा १३ जना मात्र स्वास्थ्यकर्मी रहेको हुँदा परीक्षण गर्न समस्या भएको छ । अहिले रहेको जनशक्तिभन्दा दोब्बर जनशक्ति आवश्यक रहेको जनाउँदै हेल्थ डेस्कका प्रमुख ज्ञवालीले दैनिक पाँच हजारभन्दा बढीको संख्यामा मानिसको आवागमन भइरहेकोमा बढीमा आठ सयको मात्रै परीक्षण गर्न सकिएको बताए । ‘पछिल्ला तीन दिनयता दैनिक ४० जनाको हाराहारीमा संक्रमितहरू नाकामा भेटिन थालेका छन्,’ उनले भने, ‘सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिले ती सबैको व्यवस्थापन र परीक्षण गर्नसक्ने अवस्था छैन ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क