इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतमा नेपालको जस्तै पशुपतिनाथ मन्दिर निर्माण हुँदै

काठमाडौँ । भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बनाउन लागिएको छ । भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैणमा सो मन्दिर निर्माण हुने भएको हो । यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भएको छ । सैन गाउँलाई गोद (सम्पूर्ण कुराको जिम्मेवारी लिएको) लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको स्रोतले जनाएको छ । उनले अघिल्लो साता कोषका अधिकारसँग पनि यस विषयमा छलफल गरेको बताइएको छ । पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार दिएको प्रमुख यादवले बताइन् । सो मन्दिरको निर्माण महाराष्ट्रमा सञ्चालित गैर सरकारी सङ्गठन हरिवंश राय बच्चन प्रबोधन प्रतिष्ठानले गर्न लागेको हो । उत्तराखण्डको सैन गाउँमा बन्ने सो मन्दिर नेपालको पशुपति मन्दिर जस्तै हुनेछ । तर मन्दिरको आकार भने सानो हुने प्रमुख यादवले बताइन् । तर, यस विषयमा जानकारी लिन पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग बुझ्दा उनले आफूलाई यस विषयमा जानकारी नरहेको बताए । कोषका सदस्य सचिव डा.मिलनकुमार थापासँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क