इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे

उत्तर प्रदेश: भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ । आफनो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेर मारेका थिए । भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।  त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो । त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताईएको छ । घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ। जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो ।  समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे । घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए ।  हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ । घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन्। जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जना (दुई दाजु र भाइकी श्रीमती, साथी र जेठाजु) को हत्या गरेका हुन । उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । सूचना प्राप्त हुनासाथ स्टेशन इन्चार्ज किश्नी मे फोर्स पुगेका छन् । सबै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ । हाल यस विषयमा थप कारबाही भइरहेको छ । प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ । आखिर किन युवकले यस्तो कदम चाल्यो ? अनुसन्धान जारी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क