इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतमा ९.७ मिलियन ह्वाट्सएप खाता प्रतिबन्धित, एआईमार्फत कारबाही

नयाँदिल्ली । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले भारतमा ९.७ मिलियनभन्दा बढी खातामाथि फेब्रुअरी २०२५ सम्ममा प्रतिबन्ध लगाएको छ। कम्पनीका अनुसार यो कारबाही ह्वाट्सएपको प्रयोग सन्दर्भमा तय गरिएका नियम उल्लङ्घन गर्नेहरूमाथि गरिएको हो।

ह्वाट्सएपको तर्फबाट जारी गरिएको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार, यीमध्ये १.४ मिलियन खाता प्रयोगकर्ताबाट कुनै उजुरी नआए पनि स्वचालित रूपमा प्रतिबन्धित भएका हुन्। भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ५० मिलियनभन्दा बढी रहेको छ।

ह्वाट्सएपका प्रवक्ताले बताएअनुसार, "हामीले आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत रिपोर्टिङ टुल्समा लगानी बढाएका छौं।" उनका अनुसार, प्रयोगकर्ताको सुरक्षालाई केन्द्रमा राख्दै स्प्याम, फेक गतिविधि र थर्ड पार्टी एप्समार्फत गरिएको दुरुपयोगमा कडा निगरानी गरिएको हो।

भारतको आईटी नियम २०२१ अनुसार, प्रयोगकर्ताहरूको उजुरीका आधारमा धेरै खाता प्रतिबन्धित गरिएको हो। स्वचालित पत्ता लगाउने प्रणालीले शंकास्पद गतिविधि ट्र्याक गर्ने क्षमता राख्छ।

स्प्याम, थर्ड पार्टी एप प्रयोग, प्रयोगकर्ताको अनुमति बिना ग्रुपमा जोडिने कार्य लगायतका उजुरीहरू आएका थिए। ह्वाट्सएपका अनुसार, यस्ता गलत गतिविधि नियन्त्रण गर्न प्रतिबन्धको निर्णय लिइएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क