इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुँदैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन नसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री खड्काले भारतलाई नसोधी उक्त क्षेत्रमा जनगणना नहुने बताए ।उनले भने, ‘यस सवालमा भारतलाई सोध्नुपर्छ । भारतले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।’ परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका छन् ।यसअघिको ओली सरकारले यससम्बन्धी भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने पनि उनले बताए ।ओली सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि रहेको भनेर ती क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । तैपनि अझैँ लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा रहेको छ । अहिले राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत सुपरिवेक्षक जनताका घर दैलोमा पुगिरहेका छन् । र, यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य गरिने कार्यतालिका रहेको छ । यही सन्दर्भलाई लिएर सञ्चारकर्मीले शनिबार परराष्ट्रमन्त्री खड्कासँग जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क