इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतले नेपाललाई मुर्रा जातको १५ वटा राँगा दिने

काठमाडौँ: भारतले नेपाललाई १५ वटा मुर्रा जातको भैंसी उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार ती भैसी र राँगा उपलब्ध गराइएको हो । यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव दिल्ली गएर त्यहाँको कृषि मन्त्रालयसमक्ष भैंसी र रागो उपलव्ध गराउन प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको बताइएको छ । पश्ु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेका अनुसार भारत सरकारले मुर्रा जातको राँगो र भैंसी दिने सहमति भइसकेको छ । सहमति लगत्तै त्यहाँबाट भैसी र राँगो ल्याउने तयारी भइरहेको उनले बताइन् । नेपालमा रहेको मुर्रा जातको भैसी पुरानो भइसकेको र नयाँ जातका लागि भारतसँग पहिलादेखि नै छलफल चलिरहेको उनले बताइन् । त्यसका लागि अहिले आएर सहमति भएको काफ्लेको भनाई छ । नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराउन लागिएको हो । त्यस्तै, नेपाल–र भातरबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच नानो युरिया र प्राकृतिक खेतीजस्ता द्विपक्षीय सहकार्यको नयाँ आयामबारे पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । त्यसैगरी भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न ग्राउण्ड स्टेसनको निर्माणका साथै ३०० वटा टर्मिनल उपलब्ध गराउने भएको छ । यो प्रयासले अन्तरिक्ष क्षेत्र, दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, इ–गोभर्नेन्स, बैंकिङ तथा एटिएम सेवा, मेटोरोलोजिकल डाटा प्रसारण, डिजास्टर रेसपोन्सलगायतको क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क