काठमाडौं- भारतले आफ्नै पहल र प्रविधिमा नयाँ खाले हलुका हेलिकप्टरको विकास गरेको बताएको छ । भारतीय वायुसेनाले पहिलो खेपमा उक्त हेलिकप्टर बनाइएको जानकारी दिएको छ ।
रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा आज जोधपुरमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो । मन्त्री सिंहले हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखिएको बताएका छन् ।
हेलिकप्टरको इञ्जिन भारतीय एरोनटिक्स लिमिटेडले बनाएको हो । हेलिकप्टरको तौल पाँच हजार ८ सय किलोग्राम छ । साथै, २० एमएमको गोली प्रयोग हुने अत्याधुनिक हतियार र ७० एमएमको रकेट सिष्टमले सुसज्जित भएको बताइन्छ ।
सबै खालको मौसममा उडाउन मिल्ने र उच्च भूभागमा समेत प्रयोग गर्न मिल्ने बताइएको उक्त हेलिकप्टर सेनाको ‘अपरेसन’ मा सहयोगी हुने जानकारी पनि दिइएको छ ।
रिमोटबाट समेत उडाउन सकिने भनिएको उक्त हेलिकप्टरले दुश्मनको आक्रमणलाई आकाशबाट निस्तेज पार्ने दाबी गरिएको छ । यो हेलिकप्टर रातको समयमा समेत उडाउन मिल्ने सेनाको भनाइ छ ।
काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिले विभिन्न द…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…