इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारतीय कलाकार खेसरीलाल सहभागी बर्जु महोत्सवमा झडपमा प्रहरीसहित पाँच जना घाइते

सुनसरी / भोजपुरी गायक खेसरीलाल यादव सुनसरीको बर्जु गाउँपालिकामा आयोजना गरिएको बर्जु महोत्सवमा प्रस्तुती दिने कार्यक्रम झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन् । हिजो मंगलबार भएको महोत्सवमा आयोजकले लिएको प्रवेश शुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको प्रहरी कार्यलय बर्जुले जनाएको छ । घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ । गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सव यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । भोजपुरी गीत गाएर चर्चामा रहेका भारतीय कलाकार खेसरीलाल अघिल्लो वर्षको महोत्सवमा पनि आउने भनिएको थियो । तर उनी नआएपछि दर्शकहरुले कार्यक्रममा तोडफोड गर्दा लाखौंको क्षती भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क