इन्फो नेपाल — सञ्चारको सञ्जाल

भिरबाट लडेर सभापति सापकोटाको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिरबाट लडेर मृत्यु भएको हो । राति अबेरसम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजी गर्दा विहिबार विहान बाटोदेखि करिब ५० मिटर तल मृत अवस्थामा सापकोटा फेला परेको हो । ‘बुधबार गाउँमा भाई गुठी बैठक सकेर घर फर्किने क्रममा तुलसीराम सापकोटा लाम्मेलाको भिरबाट लड्नुभएछ ,राति अबेर सम्म पनि घरमा नआएपछि परिवार र हामी स्थानीयले खोजी गर्दा टाउको फुटेर मृत अवस्थामा फेला पर्नुभएको छ ’, बुढाथोकीले भने । समाजसेवी सापकोटा कांग्रेस इकाइ सभापति थिए । सापकोटाका तीन छोरी र एक छोरा छन । कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले सापकोटाको मृत्युको खबरले मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क