आजको पञ्चाङ्ग इन्फो:-
वि.सं. २०७९ भाद्र १८ गते शनिवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर ०३ तारिख, सप्तमी, भाद्र शुक्लपक्ष ञलाथ्व, ११४२ ने.सं., सूर्योदय ५:४४ , सूर्यास्त १८:२१ | नक्षत्र : अनुराधा , २१:१८ बजे उप्रान्त ज्येष्ठा| तिथि सप्तमी , ९:४० बजे उप्रान्त अष्टमी | करण वणिज ९:४० बजेदेखि भद्रा , २०:४० बजे उप्रान्त तैतिल | योग वैधृति , १६:३२ बजे उप्रान्त विष्कम्भ
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र
- २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने
- २१ गते : श्री हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : दिउँसो ०१:४६ बजेपछि भद्रा रहने छ)